Jan 162012
 

बत्ति कुन वेला हुन्छ, त्यही अनुसार आफु पनि चल्नु पर्नै । हिजो राती धेरै अबेर सम्म बसिएछ, कुन वेला सुतियो थाहाँ नै भएन, घडी हेर्दा त बिहान ९ः४० भई सकेको रहेछ । अर्लाम बजेको पनि पत्तै भएनछ, अर्लाम बन्द गर्ने पनि बानी जस्ते भई सक्यो । अब अफिस जान ढिला हुने भयो भनेर हत्तार हत्तार तयारी गर्न तिर लागे । केहि त खानै प¥यो भनेर, कफि बनाउन लागेको, आजै ग्याँस पनि सकियो । जसो तसो पानी सम्म उमाल्न भ्यईयो । ढिला भएको वेला, आज साईकल होईन, मोटर साईकलमा जानु प¥यो भन्ने लाग्यो । जाडो फेरी पेट्रोल पनि धेरै नभएको, वाईक स्र्टाट गर्न कत्रो जात्रा । दुई तिन वटा ग्याँस पसलहरुमा बुभ्mदै जादा झण्डै एक घण्टा ढिला पुगिएछ अफिसमा ।
बेलुकी घर फर्कदा बाहिर वाटै केहि खानेकुरा लानु प¥यो भनेर, बाटोमा रेस्टुराहरु हेदै ब्याईक ढिला कुदाउदै थिए, दुई तिन वटा रेस्टुराहरु लहरै रहेछ पुरानो बानेस्वरको बाटोमा । मेनु हेदै जादा पिज्जा अलि सजिलो होला जस्तो लाग्यो, “हट ब्रेडको पिज्जा” । अडर गरे, बिल त सेचेको भन्दा अलि धेरै आयो । के हो भाई, घर लाने सामानमा पनि सभिर्स चाँर्ज भनेको, “दाई हाम्रोमा त मेनुमा भएको सबै आईटममा सभिर्स चाँज लाग्छ” भन्छन् भाई त । छेउमा भएका अरु ग्राहकहरुले पनि यस्तो त गर्नु हुदैन नि भन्दै थिए, के मान्थ्यो र, कसैको कुरा सुनेनन । बाहिर निस्किए, ग्याँस लिनलाई पैसा निकाल्न नजिकैको एटिएममा गए

, जति गरु पसै निस्किदैन । पाले दाईलाई के भएको हो भनेर सेधेको, रेडिमेड जवाफ आयो, “लोडसेडिङ्गले गर्दा होला भाई” ।
एक पटक त, ग्यास वालाकोमा जानै प¥यो भनेर, फेरी कोलोपुल तिर लागे । ग्याँसवाला त “तपाई मेरो ग्राहक नै हैन” भन्छन्, आप्mनो ग्राहकलाई मात्र बेच्ने रे । कत्ति सम्झाए, म तपाई कै वाट सधै लगिराखेको छु भनेर, कुरै सुन्न मान्दैन पसले दाई त । हामी मान्छे पनि कस्तो है, नराम्रो कुरा कत्ति सझिलै सम्झने । दाई त्यो एक पटक तपाई सँग झग्डा गरेको थिए नि,
ग्याँसकै निहुँमा भनेको प्mयाट्टै चिन्यो । “ए ल ल चिने मैले, कहिले काही आउदै गर्नु पर्छ नी, कत्ति लामो समय पछि आएको त, ल तपाईको नाम लेखे मैले, २२१ नम्वरमा प¥यो, आउदै गर्नु छिट्टै पाउछ” भनेर अरु ग्राहकलाई जस्तै जवाफ दिए मलाई पनि । अब के भन्नु । कोठामा फर्के, आज वाट लोडसेडिङ्गको नया तालिका आएको रहेछ, १० बजे बत्ति आउने रे । यस्तो जाडोमा, अब पानी तताउन पनि १० बजे सम्म पर्खिनु पर्ने भयो ।
यस्तै छ, हाम्रो दैनिकी, बिदेसी साथीहरुले नबुझुन नै भनेरै नेपालीमा लेखेको, आप्mनै बेइजत हुने ।

माघ २, २०६८ (युनिकोडमा परिवर्तन गर्दा धेरै असुद्ध भएको हुन सक्छ, बुझिदिनु होला ।)

 Leave a Reply

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

(required)

(required)

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.