Dec 162014
 

This Article was published on Haka Haki Mangshir issue

राजधानीको प्रदूषण नियन्त्रण गर्न अहिलेसम्म भएका पहल पर्याप्त छैनन् । यसका साथै भएका कार्यक्रम तथा नीति पनि समन्वय र अनुगमनको अभावमा उपलब्धिमूलक हुन सकिरहेका छैनन् ।

एउटा स्वस्थ्य मानिसले औसत प्रतिमिनेट १२ पटकसम्म सास फेर्छ । त्यसक्रममा उसले लगभग ६ लिटर हावा प्रयोग गर्छ । यसबाट अनुमान गर्न सकिन्छ, बाँच्नका लागि हावा कति आवश्यक छ ? भनिन्छ, खाना नखाई मानिस तीन हप्तासम्म र पानी नपिइ २–३ दिनसम्म बाँच्न सक्छ । तर, हावाबिना ३ मिनेटभन्दा बढी बाँच्न गाह्रो हुन्छ ।

हामीले सास फेर्ने हावामा सामान्य आँखाले देख्न सकिने र नसकिने धुलोका अनेकन कण हुन्छन् । ती मध्ये केही हानिकारक हुन्छन् त केही असर नगर्ने किसिमका पनि हुन्छन् । हावामा यसरी हानिकारक धुलोका कणको मिसावट भई हुने वायु प्रदूषणबाट राजधानी काठमाडौंै अछुतो नरहेको सर्वविदितै छ । काठमाडौंैमा गरिएका अध्ययन मनन गर्दा, यहाँ विशेषगरी रासायनिक वा अन्य किसिमका प्रदूषणभन्दा पनि सडक, सवारी र कलकारखानाबाट निस्कने धुवाँ र धुलोको समस्या टड्कारो देखिन्छ ।

सडक धुलाम्ये भएको बेला होस् या कुनै कलकाखानाबाट निस्कने धुवाँको मुस्लो, हामी ‘ओहो, कति धेरै प्रदूषित भएको’ भन्छौं । तर, यी र यस्ता, सामान्य आँखाले देख्न सकिने धुलोभन्दा देख्न नसकिने धुलोका कण स्वास्थ्यका लागि अझ बढी हानिकारक हुन्छन् । सडकमा सवारीसाधनले बाक्लो धुवाँको मुस्लो फाल्दा हामी नाक–मुख छोप्छौं तर गाडीको धुवाँबाट निस्कने धुलोका कण यति सूक्ष्म हुन्छन् कि नाकभित्र रहेका रौंले पनि तिनलाई छेक्न सक्दैनन् र सिधै फोक्सो सम्म पुग्छन् । यस्तो अवस्थामा हातले नाक–मुख छोप्नुको अर्थ रहँदैन ।

काठमाडौंैका आफ्नै किसीमका समस्या
काठमाडौंमा वायुप्रदूषण अत्यधिक हुनुको अर्को कारण यहाँको प्राकृतिक बनावट पनि हो । चारैतिरबाट पहाडै पहाडले घेरिएको यस उपत्यकाभित्र जम्मा भएको वायु प्रदूषणलाई हावाले सजिलै चारभन्ज्याङबाहिर कटाउन सक्दैन । अझ, जाडो याममा राति र बिहानीपख उपत्यकाको सतहनिर चिसो हावाको एक तह बन्छ, जसलाई तातो हावाको अर्को तहले थिचेर राखेको हुन्छ । त्यसैले जाडोयाममा प्रदूषण जमिनको सतह नजिक नै बसिरहन्छ, जसले गर्दा जमिन सतहको वायु अत्यधिक प्रदूषित हुन्छ ।

यसो भनिरहँदा, यहाँको प्राकृतिक कारणलाई मात्र दोष दिएर उम्कन मिल्दैन । मानवीय क्रियाकलापबाट हुने वायु प्रदूषण कम गर्ने हो भने, प्राकृतिक समस्याबाट सहजै पार पाउन सकिन्छ । प्राकृतिक कारणले यहाँ भएको प्रदूषण सहजै बाहिर जान सक्दैन तर थप प्रदूषण गर्ने काम भने मानवीय क्रियाकलापबाट नै हुने गरेको छ ।

प्रदूषणका स्रोत
राजधानी उपत्यकामा वायु प्रदूषण गराउने स्रोतबारे छलफल गर्दा, यहाँका सवारीसाधन र बाटोको दूरावस्था देखेपछि जो कोहीले पनि सहजै अनुमान लगाउन सक्छ । यसबारेमा हालसालै अध्ययन नभए पनि आठ वर्षअघि भएको अध्ययनलाई आधार मान्ने हो भने, त्यसबेला काठमाडौंको वायु प्रदूषणको प्रमुख कारक सडकको धुलो र सवारीसाधनबाट निस्कने धुवाँ नै थियो । यसबीच सवारीसाधनको संख्या लगभग तीन गुण वृद्धि भइसकेको छ भने सडकको अवस्था झनै दयनीय बन्न पुगेको छ ।

त्यसबाहेक, यस अवधिमा थपिएको अर्को महत्वपूर्ण वायु प्रदूषण गराउने कारक भनेको सहरमा लोडसेडिङको अवधिमा चल्ने जेनेरेटर हुन् । सरकारी स्तरमा यकिन तथ्यांक नभए पनि डिजेल, पेट्रोल र मट्टीतेलबाट चल्ने जेनेरेटर काठमाडौंैमा यत्रतत्र देख्न सकिन्छ । हालै स्वच्छ ऊर्जा नेपालले गरेको अध्ययन अनुसार गएको आर्थिक वर्षमा मात्रै काठमाडौंै उपत्यकामा बिक्री हुनेमध्ये दुई–तिहाइ इन्धन ऊर्जा उत्पादनका लागि जेनेरेटरमा प्रयोग भएको थियो, जुन लगभग ७१ हजार किलो लिटर हुन आउछ ।

तथ्यांकको अभावमा सुध्रिएको वायु प्रदूषण
सन् २००२ देखि २००६ सम्म, काठमाडौंै उपत्यकाको वायु गुणस्तर मापन गर्न विभिन्न ६ स्थानमा वायु प्रदूषण मापन केन्द्र राखिएका थिए । त्यस अवधिमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा अनेकन अध्ययन, अनुसन्धान र छलफल भए । विभिन्न अन्तर्राष्ट्रिय सस्ंथाले प्रकाशित गर्ने प्रदूषित सहरको सूचीमा काठमाडौंंैलाई पनि समावेस गराइयो । तर, योजना सकिएसगै, जब ती वायु प्रदूषण मापनको जिम्मेवारी नेपाल सरकारको काँधमा प¥यो, उपकरणले बिस्तारै काम गर्न छाडे । फलस्वरूप सन् २००७ तिरबाटै यहाँको वायु प्रदूषण मापन हुन छाड्यो । त्यसपश्चात यस बिषयमा अध्ययन अनुसन्धानमा कमी आउनुका साथै अन्तर्राष्ट्रिय स्तरमा समेत सूचीकृत हुने कार्यमा रोक लाग्यो । दुःखलाग्दो कुरा के भने सहर सफा भएर होइन कि तथ्यांकको अभावमा काठमाडौंैले प्रदूषित सहरको सूचीबाट आफ्नो नाम हटाउन सफल भयो ।

हाल आएर, सरकारी स्तरमा पुरानो प्रविधिका ३ वटा प्रदूषण मापन केन्द्रबाट पुनः पुतलीसडक, भक्तपुर र मच्छेगाउँको दैनिक वायुको अवस्था वारे तथ्याङक संकलन हुन थालेको छ । यसका साथै, अन्य विभिन्न सरकारी र गैरसरकारी स्तरबाट पनि वायुको अवस्थाबारेका अध्ययन, अनुसन्धान र तथ्यांक संकलनमा तदारुकता देखिएको छ ।

आआफ्नै तथ्यांक
लामो अन्तरालपछि, ०६९ माघको पहिलो सातातिर, विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालयअन्तर्गत वातावरण विभागको अग्रसरतामा उपत्यकाका ६ मध्ये ३ स्थानमा रहेका प्रदूषण मापन केन्द्र पुनः सञ्चालनमा ल्याइयो । त्यस अवधिमा मापन भएको वायुको गुणस्तरलाई आधार मान्ने हो भने, काठमाडौंैले प्रदूषण स्तरको पराकास्टा नाघेको पाइन्छ । विश्व स्वास्थ्य संघठनले हरेक वर्ष निकाल्ने विश्व सहरको सूचीमा त्यस वर्ष, इरानको अहवाज सहरमा हावामा पाइने १० माइक्रो भन्दा बढी आकारका धुलोका कण सबैभन्दा बढी ३७२ माइक्रो ग्राम प्रति घन मिटर पाइएको थियो । तर, काठमाडौंैमा सोही अवधिमा ६०० देखि ८०० माइक्रो ग्राम प्रति घनमिटर पाइयो । यस तथ्यांकको वैधानिक पुष्टि गर्न बाँकी नै रहेको मान्नुपर्दछ ।

यससँगै मानव स्वास्थ्यमा अझ गम्भीर असर पार्ने २.५ माइक्रोनभन्दा साना धुलोका कण हुन्छन्, जुन सास फेर्दा सजिलै फोक्सोसम्म पुग्न सक्छन् । यस्ता सूक्ष्म धुलोका कणबारे भएका भिन्नाभिन्नै अध्ययनबाट फरक–फरक तथ्यांक प्रकाशमा आउँदा थप अन्योल बढेको छ । तथ्यांक उत्पन्न गर्दा फरक–फरक उपकरणको प्रयोग र अध्ययनका विधिले समेत असर गर्ने हुँदा यसको वास्तविकता पुष्टि हुन आवश्यक देखिन्छ ।

यसका साथै, पछिल्ला दिनमा विभिन्न विश्व विद्यालयका विद्यार्थीले अध्ययनका क्रममा गरीने अनुसन्धान होस् या यहाँका प्रतिष्ठित संघसंस्था र सरकारी निकायबाट गरिएका अध्ययनबाट प्राप्त तथ्यांकमा एकरूपता नभएको पाइन्छ । यसले, विशेषगरी यस विषयमा थप अनुसन्धान गर्न चाहने विद्यार्थी, सूचना सम्प्रेषण गर्ने पत्रकार साथै जनमानसमा अन्योल बढाएको छ । प्राप्त तथ्यांक र अध्ययनका निचोडलाई विश्लेषणका साथै पुष्टि गर्ने सम्बन्धित निकायको खाँचो भएकाको निक्रियताले यस्तो समस्या आएको अनुमान गर्न सकिन्छ ।

विदेशी सहरको तुलनामा काठमाडौंै
आजभन्दा ८–१० वर्ष पहिले वायु प्रदूषित सहरको सूचीमा उल्लेखित अधिकांश सहर आफ्नो मुहार फेर्न सफल भएका छन् । यसको ज्वलन्त उदाहरण छिमेकी भारतको राजधानी नयाँ दिल्लीलाई लिन सकिन्छ । सहरमा हरियाली प्रवद्र्धन, यातायात व्यवस्थापनमा सुधार साथै सवारीसाधन र इन्धनको गुणस्तरमा स्तरोन्नतिका कारण आज दिल्लीलाई प्रदूषित सहरको सूचीमा राख्न छाडिएको छ । अर्कोतर्पm, हाम्रो राजधानी भने पहिलेको तुलनामा अझ बढी दूरवस्थामा पुगेको देख्न सकिन्छ । यसलाई पुष्टि गर्ने अनेक आधार मध्ये नियुम्बोद्वारा प्रकाशित सूचकांकलाई लिन सकिन्छ । अन्लाइन वेब पोर्टल नियुम्बोद्वारा यस वर्ष प्रकाशित विश्वका ३०० सहरको सूचकांकमा काठमाडौंैलाई विश्वको तेस्रो प्रदूषित सहरका रूपमा उल्लेख गरिएको छ ।

येल विश्वविद्यालयको सन् २०१४ मा प्रकाशित वातावरणीय स्थिति सूचांकका अनुसार नेपाल १७८ देशमध्ये १७७ औं स्थानमा परेको छ । नेपालले छिमेकी बंगलादेशलाई मात्र उछिन्न सकेको देखियो । यस अध्ययनमा घरभित्र हुने वायु प्रदूषण र हावामा पाइने मसिना धुलोका कणलाई आधार मानिएको थियो । यसरी हेर्दा, हाम्रो राजधानी काठमाडौंैमात्र नभई सम्पूर्ण देश नै प्रदूषणको नराम्रो मारमा परेको देखिन्छ ।

काठमाडौंैबाहिरका सहर
काठमाडौंैको वायुको गुणस्तरले जति चर्चा पाएको छ, त्यसको तुलनामा देशका अन्य महŒवपूर्ण सहरका बारेमा खासै महŒव दिएको पाइँदैन । विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालयअन्तर्गत वातावरण विभागले अन्य सहरमा समेत प्रदूषणमापन केन्द्र र जनचेतनाका कार्यक्रम आवश्यक रहेको निक्र्योल गरे पनि, बजेट अभावले कार्यक्रम विस्तार गर्न सम्भव नरहेको उसको निष्कर्ष छ ।

केही समयअघि बुद्ध जन्मस्थल लुम्बिनीमा भएको अध्ययनअनुसार त्यहाँ हावाको गुणस्तर राष्ट्रिय मापदण्डभन्दा निकै बढी रहेको पाइएको थियो । परिणाम स्वरूप ऐतिहासिक स्थलका स्मारकका साथै त्यहाँको दैनिक जीवनमा प्रदूषणको प्रत्यक्ष असर देखिन थालिसकेको अध्ययनको निक्र्योल छ ।

यसबाहेक, वीरगन्ज, विराटनगर, जनकपुर र अन्य सहरको वास्तविक अवस्थाबारे खासै अध्ययन–अनुसन्धान भएको पाइँदैन । राजधानी सहर जस्तै मोफसलका सहरका बासिन्दाको दैनिक जीवनमा प्रत्यक्ष असर पार्ने वायु प्रदूषण र यसको रोकथामबारे पनि सम्बन्धित निकायको विशेष ध्यान जानु जरुरी भइसकेको छ ।

वायुप्रदूषण र जलवायु परिवर्तन
जलवायु परिवर्तन गराउनमा वायु प्रदूषणको मुख्य योगदान रहेको हुन्छ । यी दुई फरक विषय भए पनि, यसका कारण एउटै हो, जुन वायुमण्डलमा प्रदूषण भएर हुने गर्दछ । वायुमण्डलमा पाइने हानिकारक ग्यासले हावालाई प्रदूषित बनाउनुका साथै सूर्यबाट आउने तापलाई सोसेर राख्ने र तापक्रम बढाउनमा योगदान पु¥याउँछ । यस्ता कण, प्रमुख हरित गृह ग्यास कार्बोनडाइअक्साइडभन्दा निकै गुणा शक्तिशाली भए पनि वायुमण्डलमा धेरै समय रहन सक्तैनन् र चाँडै नै वायुमा बिलीन हुन्छन् । यसका साथै, हावामा भएका सूक्ष्म धुलोका कण जब वायुमण्डलमा रहेको आद्रता अथवा चिस्यानसँग मिल्न जान्छ, त्यसले सूर्यको किरणलाई प्रतिबिम्बित गर्दछ । यस्ता कण मानव स्वस्थ्यका लागि समेत अत्यन्त हानिकारक मानिन्छन् । साथै, खनिज इन्धनको अत्यधिक प्रयोग, फोहोर र पशुपालनबाट उत्सर्जन हुने मिथेन समस्याको मूलस्रोत भएकाले यसको रोकथाम गर्न सके दुवै समस्याबाट पार पाउन सकिन्छ ।

सुधारका उपाय
बिगतलाई फर्केर हेर्दा, वायु प्रदूषण नियन्त्रणमा भएका प्रयास अधिकांश सस्ंथागत संरचना र नीति–निर्माणका तहमा सीमित भएको देखिन्छ । ०४८ सालमा काठमाडौंमा तिनपाँग्रे डिजेल टेम्पोको दर्ता बन्द गर्ने निर्णयसँगै सरकारी स्तरबाट प्रदूषण नियन्त्रणका लागि पहल भएको पाइन्छ । यसको तीन वर्षपछि ०५१ सालमा सवारीसाधन प्रदूषण मापदण्ड र हरियो स्टिकरको प्रावधान सुरु गरियो । त्यससँगै ०५३ र ०५४ सालमा वातावरण संरक्षण ऐन र नियमावली पारित भयो । जसमा संस्थागत संरचना, वातावरण प्रभाव मूल्यांकन र प्रदूषण मापदण्डका प्रावाधानको सुरुवात गरियो । त्यसपछिका दिनमा काठमाडौंबाट तीनपाँग्रे डिजेल टेम्पो हटाउने र धेरै प्रदूषण गर्ने इँटाभट्टालाई बन्देज गर्ने जस्ता निर्णय भएका थिए ।

राजधानीको प्रदूषण नियन्त्रण गर्न अहिलेसम्म भएका पहल पर्याप्त छैनन् । नीति–निर्माणका क्रममा जनसहभागिता र उपलब्ध तथ्यांकको प्रयोगमा सधैंझैं खासै प्रगति गर्न नसकिएको सर्वविदितै छ । यसका साथै भएका कार्यक्रम तथा नीति पनि समन्वय र अनुगमनको अभावमा खासै उपलब्धिमूलक हुन सकिरहेका छैनन् ।
(ढकाल क्लिन इनर्जी नेपाल सम्बद्ध वातावरणविद हुन्)

केही पहलकदमी
काठमाडौंै सहरको वायुको गुणस्तर सुधार्न गर्नुपर्ने केही पहलकदमी ः
ड्ड वायु प्रदूषण अनुगमनका लागि हाल सञ्चालित स्टेसनको सट्टा आधुनिक प्रविधियुक्त नयाँ स्टेसन सञ्चालनमा ल्याउने ।
ड्ड प्रदूषण नियन्त्रणसम्बन्धी भएका नीति नियमका साथै प्रदूषण मापदण्डको कडाइका साथ कार्यान्वयन गर्ने ।
ड्ड सार्वजनिक यातायातको गुणस्तर सुधारका साथै सडक विस्तारका क्रममा साइकल र हिँड्नका लागि सुविधायुक्त पूर्वाधार निर्माण गर्ने ।
ड्ड सहरी क्षेत्रमा स्वच्छ ऊर्जा प्रवद्र्धनका लागि सोलार साथै अन्य नवीकरणीय ऊर्जा प्रयोगमा प्रोत्साहन गर्ने ।
ड्ड सहरी क्षेत्रमा फोहोरमैला संकलन र व्यवस्थापन सुधार गर्ने ।
ड्ड यस विषयमा अध्ययन र अनुसन्धान प्रवद्र्धन गर्नका लागि विश्वविद्यालय र संघ–संस्थासँग समन्वयमा कार्यक्रम तयार गर्ने ।
ड्ड प्रदूषण नियन्त्रण शुल्कबाट संकलित भई प्रयोगमा आउन नसकेको प्रदूषण नियन्त्रण कोषलाई सञ्चालनमा ल्याउने । माथि उल्लेखित विविध कार्यक्रम यही कोषका माध्यमबाट सञ्चालनमा ल्याउन सकिन्छ ।

 Leave a Reply

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

(required)

(required)