Feb 152011
 

Picture source: Clean Energy Nepal/Oxfam GB Nepalनेपालमा जलवायु परिवर्तनको मुद्धालाई जनमानसमा स्थापित गर्न र जनचेतना जगाउन मुख्य दुई  घटनाहरुको महत्वपूर्ण योगदान भएको पाईन्छ । ति हुनः केहि समय अघि सगरमाथाको आधार सिविरमा गरिएको मन्त्री परिषदको बैठक र हाल चर्चामा रहेको जलवायु परिवर्तनका लिन लागिएको भनिएको ऋण । सुरुवातका दिनमा गैर सरकारी संस्थाहरुका तर्पm वाट भएका पहलहरुको खोजी गर्दा, लगभग एक दशक अघि केही सघं सस्थाहरुले तात्कालीन वातावरण तथा जनसख्ंया मन्त्रालय सगं जलवायुमा सम्बन्धी क्योटो अभिसन्धी नेपाल सरकारका तर्पm वाट अनुमोदन गर्न औपचारीक अनुरोध गरेको पाईछ । पछि यहि संघ सस्थाहरुको सहकार्य “जलवायु परिवर्तन संजाल नेपाल” का रुपमा स्थापित भई आप्mना कार्यहरु अगाडी बढाउदै गएको देखिन्छ । त्यस वेला किन लागिपरेका थिए ति सस्ंथाहरु नेपाललाई क्योटो अभिसन्धी अनुमोदन गराउन भन्ने प्रश्नमा संजालका संस्थापकहरुले भन्ने गरेका छन, नेपालले जलवायु परिवर्तन हुनुमा त्यती योगदान नगरे पनि, नेपालका लागि जलवायु परिवर्तन चुनौतिका साथै अवसर पनि हो । यसलाई कसरी बुद्धिमतापूर्ण र हाम्रो हितमा प्रयोग गर्ने भन्ने हाम्रो बौधिक्तामा भर पर्छ । 

यता सरकारको करा गर्दा, वि.सं. २०४९ जेष्ठ ३० (सन् १९९२ जुन १२) को पृथ्वी सम्मेलनमा हस्ताक्षरका लागि खुला गरेको संयुक्त राष्ट्र संघीय जलवायु परिवर्तन सम्बन्धी खाका महासन्धिमा, त्यसै दिन सहमती जनाएको नेपालले लगभग दुई वर्ष पछि वि.सं. २०५१ बैशाख १९ (सन् १९९४, २ मे मा अनुमोदन ग¥यो । त्यस पछि पहिलो पटक वि.सं. २०५३ साल (सन् १९९६) मा स्वीजलल्याण्डको जेनेभामा भएको पक्ष राष्ट्रहरुको दोस्रो सम्मेलनमा, नेपालका तर्फबाट चार सदस्य प्रतिनिधी मण्डल, जसमा दुई प्राविधिक र दुई परराष्ट्र मामिलामा जानकारको समूहले सहभागीता जनाएको पाईन्छ । त्यस वेलाको नेपालको सहभागिता हेर्दा नेपालले जलवायु परिवर्तनको अन्तर्राष्ट्रिय छलफललाई प्रष्ट प्राविधिक विषयका साथै कुट्नैतिक महत्वले समेत हेरेको अनुमान गर्न सकिन्छ ।

यी पहिलेका दुई फरक प्रसङ्गलाई नजिक वाट निहाल्दा, पहिले बुझिएको यर्थात अर्थात जुन सोचले त्यस वेलाका जानकार वर्गहरुले यस विषयलाई स्थापित गर्न खोजेका थिए र अहिले आएर बिषयले जुन धरातल लियो, यी दूई बीच ठुलै अन्तर रहेको पाईनछ । फेरी एक पटक दोहोराउः जलवायु परिवर्तन चुनौतिका साथै अवसर पनि हो त्यसै गरी यो विषय प्राविधिक विषयका साथै कुट्नैतिक पनि हो । भने गरिछ नीः वल तपाईको हातमा छ, कसरी प्रयोग गर्नुहुन्छ ? त्यस्ते हो ।

जलवायु परिवर्तन हामीले सिर्जीित गरेको समस्या हाईन, जलवायु महासन्धीमा उल्लेख भए झै यसका लागि विकसित देशहरुले क्षति पूर्ति या हर्जना तिर्नुु पर्छ, यो हाम्रो अधिकार पनि हो, तर के यस्तै भई रहेको छ त याहाँ ? जलवायु सम्मेलनहरुमा ठूला ठूूला सहयोग राशी उपलब्द्ध गराउने वाँचा अर्थात प्रतिबद्धता गरिएको छ । यत्ती मात्र हाईन, नेपालका लागि मात्रै ३० करोण भदा धेरै सहयोग उपलब्द्ध गराउने वाचा गरिएको सुुुनेका छौं । राम्रो कुरा हो । तर सबैले बुझेको यथार्त के पनि हो भने वाँचा र वास्तविक्ताका बचि धेरै ठुलो अन्त्तरदुरी छ । लेखेको पनि पढयौ, भनेको पनि सुनयौ अनि वास्तविक्ता पनि देखेउ हामीले ।

बिभिन्न प्रकारका प्रकोपले होस अथवा जलवायुले निम्त्याएको जोखिम, यसलाई न्यूनिकरण गर्न हामीलाई सफल योजना चाहिएको छ र त्यस योजनालार्य कार्यान्ययन गर्न यथेष्ट आर्थिक सा्रेत चाहिएको छ । काठ्माडौकोे बाटो अथवा ट्राफिक ब्यवस्थापन गर्ने बिषयलाई जलवायु परिवर्तन न्यूनिकरण संग जोड्दा बिभिन्न दातावाट सहयोग पाइयो, भौतिक योजना मन्त्रालयको अग्रसरतामा त्यही सहयोगले अहिले काठ्माडौका सडक धमाधम मर्मत हुदै छ । यसले हामीलाई कहाँ कहाँ र कति कति फईदा पुग्दछ र पुग्नेछ भन्ने लेखा जोखा मैले यहाँ गरिराख्नु पर्दैन ।

फेरी प्रसङ्ग कोट्याउ, हामी कहाँ चुकेछौ त, भनि आज फर्केर हेर्दा, मलाई बितेको एक दसकमा जलवायु परिवर्तन सम्बन्धी जनचेतना जोगाउने कार्यमा संलग्न निकायहरुले (जहाँ म पनि संलग्न छु),  अवलम्बन गरेको कार्यनीति अर्थात सोच प्रति ग्लानि भएर आयो । हामी सधै जलवायु परिवर्तन ठूला ठूला बिकसित देशहरुले निम्त्याएको समस्या हो, यसमा हाम्रो केहि योगदान छैन, त्यसैले हामीले क्षतिपुर्ति पाउनु पर्छ, यो हाम्रो अधिकार हो, भन्ने वाहेक अरु धेरै कुरा भन्ने बिर्सेछौ या जानेनौ । जुगौ देखि आप्mना अधिकारका लागि लड्न र जे गर्न पछि नपर्ने हामी, यस्तो कुट्नैति र अर्थ मिस्रित  बिषयलाई समेत त्यहि बिद्रोहको भावनाले मात्रै होरेउ  ।

रातो क्रान्ति धेरै ग¥यौ, अब पालो आर्थिक क्रान्ति को हो, भन्ने सुनेको थिए । सरकारी स्तरका सम्बन्धीत निकायले यथेस्ट योजना र काम गर्ने वातावरण तयार गरौ, नीजि क्षेत्रलाई प्रोतसाहन गरौं, नीजि क्षेत्रले पनि बिषयगत ज्ञान र योजनाका साथ अघी बडौ । सीमा पारीका दुई छिमेकी देशहरुको प्रगतिको इश्र्या मात्रै होईन, सिको पनि गरौं । अनि अध्ययन गरौं, बिषयको गाम्भिर्यतालाई बुझौ, धरातल्यि यर्थातमा न अलमलिउ, हल्लाका पछि नलागउ ।

अन्त्यमा, सबैको बिचारको सम्मान गरौ, बिना प्रमाण अरुलाई आरोप नलगाउ । ठूलो स्वरमा कान्तिकारी भाषण हाईन, वास्तविक धरातलमा रहेर यर्थात कुरा बोलै । देशलाई माया गरौं ।

 Posted by on February 15, 2011 at 10:14 am

 Leave a Reply

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

(required)

(required)