Transcript of the Radio interview at Thaha Sanchar Network, discussing possible impact of climate change on weather pattern with Rabindra Subedi.
This interview was published at ThahaKhabar.com
बैशाख १९, २०७६ यो पटक अघिल्ला वर्षहरूमा भन्दा धेरै मौसममा फेरबदल देखिएको छ। हिउँदमा धेरै वर्षा भयो भने प्री-मनसुन पनि बढी नै वर्षा भइरहेको छ। अघिल्ला वर्ष खडेरी र सुक्खा लाग्ने समयमा यो पटक वर्षा भइरहेको छ। काठमाडौंसहित देशका धेरै भूभागमा वर्षा भइरहेको छ। यस वर्ष तराईका जिल्लाहरूमा ‘टोर्नाडो’समेत देखियो। यो केको असर हो? मौसममा किन एकाएक बदली देखियो? थाहा सञ्चार नेटवर्कका लागि रवीन्द्र सुवेदीले जलवायु परिवर्तनका जानकार मञ्जित ढकालसँग गरेको कुराकानी :
यो पटकको मौसम अघिल्ला वर्षहरूभन्दा भिन्न देखियो, यसको कारण के हो?
‘मौसम’ भनेको छोटो समयमा हुने मौसमी फेरबदल हो। लामो समयको मौसमी फेरबदललाई जलवायु परिवर्तनको असरका रूपमा बुझिन्छ। पृथ्वीको कुनै भूभागको कम्तीमा ३० वर्षको मौसमी विश्लेषणलाई ‘जलवायु परिवर्तन’ भन्ने बुझ्नुपर्दछ। अहिले अवस्था कस्तो रह्यो भने पृथ्वीको औसत तापक्रम झण्डै १ डिग्रीले बढेको छ। कुनै ठाउँमा तापक्रम अझै धेरै बढिसकेको छ। पृथ्वीको तापक्रम बढ्दा हामीले यसअघि भोग्नुनपरेका नयाँनयाँ असर भोग्नुपरिरहेको छ। Continue reading »