Jan 162012
 

बत्ति कुन वेला हुन्छ, त्यही अनुसार आफु पनि चल्नु पर्नै । हिजो राती धेरै अबेर सम्म बसिएछ, कुन वेला सुतियो थाहाँ नै भएन, घडी हेर्दा त बिहान ९ः४० भई सकेको रहेछ । अर्लाम बजेको पनि पत्तै भएनछ, अर्लाम बन्द गर्ने पनि बानी जस्ते भई सक्यो । अब अफिस जान ढिला हुने भयो भनेर हत्तार हत्तार तयारी गर्न तिर लागे । केहि त खानै प¥यो भनेर, कफि बनाउन लागेको, आजै ग्याँस पनि सकियो । जसो तसो पानी सम्म उमाल्न भ्यईयो । ढिला भएको वेला, आज साईकल होईन, मोटर साईकलमा जानु प¥यो भन्ने लाग्यो । जाडो फेरी पेट्रोल पनि धेरै नभएको, वाईक स्र्टाट गर्न कत्रो जात्रा । दुई तिन वटा ग्याँस पसलहरुमा बुभ्mदै जादा झण्डै एक घण्टा ढिला पुगिएछ अफिसमा ।
बेलुकी घर फर्कदा बाहिर वाटै केहि खानेकुरा लानु प¥यो भनेर, बाटोमा रेस्टुराहरु हेदै ब्याईक ढिला कुदाउदै थिए, दुई तिन वटा रेस्टुराहरु लहरै रहेछ पुरानो बानेस्वरको बाटोमा । मेनु हेदै जादा पिज्जा अलि सजिलो होला जस्तो लाग्यो, “हट ब्रेडको पिज्जा” । अडर गरे, बिल त सेचेको भन्दा अलि धेरै आयो । के हो भाई, घर लाने सामानमा पनि सभिर्स चाँर्ज भनेको, “दाई हाम्रोमा त मेनुमा भएको सबै आईटममा सभिर्स चाँज लाग्छ” भन्छन् भाई त । छेउमा भएका अरु ग्राहकहरुले पनि यस्तो त गर्नु हुदैन नि भन्दै थिए, के मान्थ्यो र, कसैको कुरा सुनेनन । बाहिर निस्किए, ग्याँस लिनलाई पैसा निकाल्न नजिकैको एटिएममा गए

Continue reading »