Mar 292009
 

विगत केही महिना देखि सभासदको फुस्रदको समय पारी हामी सभासदहरुको घर घर घुम्दै हिडिरहेका छौं । हाम्रा देशका संविधान निर्माता सभासदहरुलाई नजिकवाट निहाल्न साथै आजको दिनमा देशको संविधान निर्माण प्रकृयाले कुन मोड लिन लागेको छ र सदन भित्र र सदन बाहिर सभासदहरु बीचको अन्तर संघर्षका केही खटपटहरु पनि थाहापाउन यो कार्यक्रमले अत्यन्तै सहयोग पुर् याएको छ । यो दौराहनमा हामीले सिकेको एउटा कुरो सविधान बनाउन सभासदहरुले नै सबै कुरो जान्नै पर्छ भन्ने चाँहि होईन रहेछ । त्यसैले पनि तपाई हामी जस्ता आम नागरिकहरुले पनि आ आपुनै क्षेत्रवाट सके सम्मको योगदान गर्नै पर्ने रहेछ ।

15

CA member Gagan Thapa

साथमा ल्याप्टप प्रस्तुतीकरणको लागि केहि जलवायु परिवर्तन सम्बन्धि जानकारी भएका पर्चाहरु अनि युवा सम्मेलनले तयार पारेको ूजलवायु परिवर्तनः युवा घोषण पत्रू र हामीले अत्यन्तै मिहेनत गरेर तयार पारेको सविधान निर्माणका लागि सहयोगी हुने वातावरण सम्बधी केही वुदाहरुको थैलो लिएर हामी सभासदहरुको घर घरमा पुग्छौं । सभासदहरु सँग हाम्रो एउटै विमति रहन्छ राजनीति परिवर्तनशील अनि अग्रगामी हुछ तर वातावरण पर्यावरण भने यथास्थिती वादमा विस्वास गर्छ । वातावरणलाई अग्रगामी बनायौ भने बिनास तर्पु अघि बढ्छ ।

Dr. Ram Saran Mahat, Former Finance Minister in discussion at Mahat Residence

हुन त भेटघाटको दैराहनमा हाम्रा सभासदहरु बिग्रदो वातावरण प्रति निकै नै सचेत भएका पायौं । अमेरिकाले त्यो कुन सन्धिमा हस्ताक्षण नगरेकोले नै यस्तो भएको हो भन्ने कुरा देखि काठ्माडौंको फोहोर र वायु प्रदुषणका बारेमा हाकी हाकी गफ गर्छन हाम्रा सभासदहरु । कोही यही प्रदुषण गरको धुवा धुलोलाई कार्वनको व्यापार बेचेर मनग्य धनराशी भित्रयाउन सकिन्छ भन्दा छक्क पर्छन त कोही यो सबै पुजीपतिहरुले गरीबहरुलाई थुपारेको समस्या हो र यसको कुनै औचित्य छैन भन्छन् । हेर्नुस न यी विविधता यी सविधान निर्माताहरुलाई एकै स्थानमा राखेर यस्ता बिषयहरुमा छलफल गर्नु कत्तिको न्याय संवत होला त त्यसैले पनि हामीले सभासदहरुको घर घरमा नै गएर व्यक्तिगत रुपमा नै छलफल गर्ने योजना बनाएका हौं ।

Dr. Ram Saran Mahat, Former Finance Minister in discussion at Mahat Residence

आज यो सुरुवातको घडीमा हामी अत्यन्तै हर्षित छौं । रात बिहान या बेलुका नभनी हाम्रा साथीहरुले देखाएको जागरुकता साथै अधिकांश सभासदहरुले हामीसगँ गरेको वाचा अनि त्यो न्यानो माया हामी कहिल्यै बिसने छैनौ । एक बेलुकीे लगभग आँठ बजे एमालेकी सभासद पद्यमकुमारी ववव घरमा उहाँ एक्लै हुनुहुदो रहेछ । दिन भरिको थकाई एकछिन आराम लिने के सोचमा हुनुहुन्थ्यो हामी टुप्लुक्क पुग्यौ । सुरुमा उहाँ झर्कनु भयो पछि कारण थाहा पायौं

Chariman of Natural resources ... Committee, Amrita Thapa Magar

Chariman of Natural resources … Committee, Amrita Thapa Magar

हामी बाहेक आज सम्म कोही पनि यस्तो जनचासोको विषय लिएर त्यहा गएको रहेनछ । सबै जागिर चन्दा सरुवा आदीका लागि मात्र जाने रहेछन् । ूहेर्नुस न भाई हामी कसैलाई जागिर खुवाउन अनि पैसा बाढ्न त आएका हैनौ निू सभासद पद्यमकुमारी अर्यालले दुखेसो पोखिन् । यो समस्या त्यहाँ मात्र सिमीत रहेन । लगभग सवै सभासदहरुको यस्तै रहेछ हविगत । पछि सभासद पद्यमकुमारी अर्यालले घरमा कोही छैन पर्खनुस् तपाईहरुलाई म आफै तातो चियो बनाएर खुवाउछु भनेर भान्सा तिर लाग्नु भयो ।

आजको मिति सम्म आईपुग्दा हामी १४ जना विभिन्न राजनैतिक दलका सभासदहरुको घर÷डेरा पुगि सक्यौं । धेरै जसोकोमा बिहानको समय उपयुक्त देखिएको छ । श्री ईको भिजनरीले सहयोग गरेको बिधुत्ीय गाडी पनि हिजो आजको कठोर लोडसेडिङ्गले बन्द भएको छ । साथमा लगेको तुल ब्यानरमा सबै सभासदहरुले हस्ताक्षर गरी सहमती जनाई नै रहनु भएको छ ।

CA member Dr. Tilak Rawal, Former Governer, Nepal Rastrya Bank

CA member Dr. Tilak Rawal, Former Governer, Nepal Rastrya Bank

हामीहरुले यही भेटमा सभासदहरुलाई जलवायु परिवर्तनका विविद विषयहरुलाई सम्बोधन हुने किसीमको खाका कोरीनु पर् यो हैं हाम्रो अवको संमिधानमा भनेर पनि प्रस्तुत गर्दछौं । धेरै जसोले ूहो ! यो त हुनै पर्दछ । वातावरण हाम्रो आधारभुत आवश्यक्ता हो यसको राम्रो सम्बोधन हुनुपर्छू भन्नुहँुदा साह्रै खुसी हुने गरेका छौं । अझ वहाँहरुले जलवायु परिवर्तनमा थप रुचि देखाउनु हुदा त हामीले गरेको काम सराहिएको जस्तो लाग्छ । कांग्रेसका युवा सभासद गगन थापाको उत्साह र सहयोग गर्ने वाचा कांग्रेस कै अर्का सभासद डा। रामसरण महत र एमालेका बिजय पौडेलको विषयगत ज्ञान अत्यन्तै सराहनीय थियो । अर्थ बिज्ञ डा। महतले केहि वातावरणवादीहरुको व्यवहार प्रति गर्नु भएको गुनसो पनि सायद जायज नै थियो होला । मधिसे जनअधिकार फोरमका सभासद शिव नारयण उराउले कोटेश्वरको त्यो छेउमा बिधुत्यि गाडीमा सफर गर्दै अत्यन्तै चासोका साथ गरेको छलफल अनि मोओवादीका सभासद झक्कु सुवेदी र देवि खड्कालाई छुन नसकेको वातावरणको चाख सवै एकनासका कहाँ थिए र ! संविधान सभा प्राकृतिक स्रोत आर्थित अधिकार तथा राजस्व बाडफाड समितीका सभापती तथा माओवादीकी सभासद अमि्रता थापामगर र वहाँ कै घरमा रहनु हुने अर्का सभासद गोमा पाठकले देखाउनु भएका चासो भने उत्साहजनक नै थियो ।

 Posted by on March 29, 2009 at 10:21 am

 Leave a Reply

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

(required)

(required)

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.