This Article was published on Haka Haki Mangshir issue
राजधानीको प्रदूषण नियन्त्रण गर्न अहिलेसम्म भएका पहल पर्याप्त छैनन् । यसका साथै भएका कार्यक्रम तथा नीति पनि समन्वय र अनुगमनको अभावमा उपलब्धिमूलक हुन सकिरहेका छैनन् ।
एउटा स्वस्थ्य मानिसले औसत प्रतिमिनेट १२ पटकसम्म सास फेर्छ । त्यसक्रममा उसले लगभग ६ लिटर हावा प्रयोग गर्छ । यसबाट अनुमान गर्न सकिन्छ, बाँच्नका लागि हावा कति आवश्यक छ ? भनिन्छ, खाना नखाई मानिस तीन हप्तासम्म र पानी नपिइ २–३ दिनसम्म बाँच्न सक्छ । तर, हावाबिना ३ मिनेटभन्दा बढी बाँच्न गाह्रो हुन्छ ।
हामीले सास फेर्ने हावामा सामान्य आँखाले देख्न सकिने र नसकिने धुलोका अनेकन कण हुन्छन् । ती मध्ये केही हानिकारक हुन्छन् त केही असर नगर्ने किसिमका पनि हुन्छन् । हावामा यसरी हानिकारक धुलोका कणको मिसावट भई हुने वायु प्रदूषणबाट राजधानी काठमाडौंै अछुतो नरहेको सर्वविदितै छ । काठमाडौंैमा गरिएका अध्ययन मनन गर्दा, यहाँ विशेषगरी रासायनिक वा अन्य किसिमका प्रदूषणभन्दा पनि सडक, सवारी र कलकारखानाबाट निस्कने धुवाँ र धुलोको समस्या टड्कारो देखिन्छ ।
सडक धुलाम्ये भएको बेला होस् या कुनै कलकाखानाबाट निस्कने धुवाँको मुस्लो, हामी ‘ओहो, कति धेरै प्रदूषित भएको’ भन्छौं । Continue reading »