जलवायु परिवर्तन सम्बन्धी अन्तराष्ट्रिय सम्मेलनहरुको कुरा गर्दा सन् २००९ को अन्त्य तिर डेन्मार्ककोे कोपेनहेगनमा भएको जलवायु महासन्धिका पक्ष राष्ट्रहरुको १५ औ सम्मेलनको बिशेष चर्चा भएकोे पाइन्छ । सो सम्मेलनले संयुक्त राष्ट्र सघीय सम्मेलन मध्यमा, १२० भन्दा बढी संख्यामा राष्ट्र प्रमुुखहरुको उपस्थिति र बृहत जनसहभागिताको रेकर्ड नै बनाउन पुग्यो । यस सम्मेलनसम्म आईपुग्दा अन्तराष्ट्रिय जगतका साथसाथै राष्ट्रिय स्तरमा पनि जलवायु परिवर्तन सम्बन्धी विषयले चर्चाको शिखर चुम्न सफल भइसकेकोे थियो । कोपेनहोगन सम्मेलनको पूर्व सन्ध्यामा सगरमाथा आधार शिविरमा भएको मन्त्री परिषदको बैठकले त्यस बेला देखि आज सम्म पनि यहाँका छापाहरुमा सकरात्मक साथै खर्च व्यवस्थापन बारे आलोचनात्मक किसिमका चर्चाहरु पाईरहेका छन् ।
उता कोपेनहेगन सम्मेलनले आशातित सफलता प्राप्त गर्न नसके पछि यो समस्याको समधान खोज्ने बारे संयुक्त राष्ट्र संघिय प्रकृया माथि नै विश्वासको बादल छाउन थाल्यो । तर सन् २०१० मा मेक्सिकोको क्यान्कुनमा भएको पक्ष राष्ट्रहरुको १६ औ सम्मेलनले जलवायु परिवर्तनको यो अनन्त यात्रामा विश्वासको वातावरण बनाउन सफल भयो । तथापि यो सम्मेलनको निष्कर्ष स्वरुप प्राप्त “क्यान्कुन सहमति” आफैमा एउटा अपुर्ण दस्तावेज थियो । जसका कारण, क्यान्कुन पछिका छलफल र बैठकहरु अझ बढी महत्वपूर्ण हुन पुगेका छन् ।
तर बिडम्वना, सन् २०११ को अप्रिलमा थाईल्याण्डको राजधानी बैंककमा भएको बैठकमा अधिकांस समय तदर्थ कार्य समुहहरुका आगामी छलफलहरुका लागि एजेण्डा तय गर्नमा नै बित्यो । त्यसैले बैंकक सम्मेलनको मुख्य एजेण्डा नै ‘एजेण्डा’का लागि छलफल हुन गयो । त्यस पछि भर्खरै, संयुक्त राष्ट्र संघीय जलवायु परिवर्तन हेर्ने मुख्य कार्यलय रहेको जर्मनीको बोनमा सम्पन्न भएको अर्को बैठकलाई पनि बंैककको भूतले छाडेन । बोन बैठकको पहिलो साता पनि साहायक अङ्गहरुको एजेण्डाको छलफलमा नै बित्यो । तर यस बैठकर्ले एजेण्डाको भूतलाई भगाउने दरिलो निर्णय लिएको छ, अब आउने बैठकमा औपचारिक उद्घाटन समारोह र एजेण्डाको कुरा नगरी सिधै छलफलमा जाने खालको सहमति भएको छ, जुन निकै नै सकरात्मक पहल हो । यसका साथै बोनमा भएको बैठकको अन्त्य सम्म आईपुग्दा डिसेम्बरमा हुने १६ औ सम्मेलन अघिको अर्को बैठक कहाँ हुने भन्ने निर्णय हुन सकेको थिएन । तर बैठकको समापनका दैरानमा आगामी बैठक सेप्टेम्बरको अन्तिम साता हुने भन्ने सम्म जानकारी दिईएको थियो , पछि पानामाको पानामा शहरमा हुने जानकारी प्राप्त भएको छ ।
क्यान्कुन पछिको बाटो सहज तवरले अघि नबढ्नुको कारण क्यान्कुन सहमतिमा अस्पष्ट केहि मुद्घाहरु र यस सहमतिले समेट्न नसकेका विषयहरु पनि हुन् । ल्याटिन अमेरिकी राज्य बोलिभियाले यो सहमतिलाई कहिल्यै स्वीकार गरेन, उसका अनुसार यस सहमतिले पहिले नै निर्णय भएको विकसित राष्ट्रहरुको दायित्वलाई बेवास्ता गरेको र विकासोन्मुख राष्ट्रहरुलाई Continue reading »